अमेरिकी सैन्य परेडविरुद्ध प्रतिरोधका लागि तयार रहेन विप्लवको आह्वान
काठमाडौं – विप्लव नेतृत्वको नेकपा ९माओवादी०ले सैनिकमञ्च टुँडिखेलमा अमेरिकी सेनाको ‘परेड’प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महासचिव विप्लव चन्दले विज्ञप्ति जारी गर्दै राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमतिबिना रहस्यमय तरिकाले सैन्य ‘परेड’ खेल्नुरखेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गम्भीर खेलवाड भएको उल्लेख गरेका छन् ।
“फागुन ३ गतेका दिन नेपाली सेना दिवसको अवसरमा सैन्य मञ्च काठमाडौंमा अमेरिकी सेनाले परेड खेलेको दृश्यले हाम्रो मात्र होइन सारा नेपाली जनताको ध्यान केन्द्रित गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “अमेरिकी हस्तक्षेपबारे अनेकौँ विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमतिबिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गम्भीर खेलवाड हो ।”
साथै, पार्टीले यस विषयमा राज्यको धारणा यथाशीघ्र सार्वजनिक गर्न पनि माग गरेको छ ।
