झापा ५ मा बालेनलाई झट्का, प्रतिनिधिनै एमालेमा प्रवेश

सोमबार, ४ फाल्गुन २०८२

काठमाडौं – बालेन शाहलाई झट्का लाग्नेगरी रास्वपा शक्तिशाली नेता एमाले प्रवेश गरेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगत रास्वपाको क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य रहेका भरत खनालसहितका युवाहरू एमाले प्रवेश गरेका छन् । रास्वपाका कारण देशको राष्ट्रियतामाथि नै आँच आइरहेको बताउँदै उनले राष्ट्रवादी नेता केपी ओलीलाई जिताएर देशको स्वाभिमान जोगाउन आफू एमाले प्रदेश गरेको बताएका छन् ।

एमाले अध्यक्ष तथा सोही निर्वाचन क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीले दमक फनपार्कमा आयोजित कार्यक्रममा रास्वपाका क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य खनालसहितका युवाहरूलाई पार्टीमा प्रवेश गराएका छन् । एमाले प्रवेशपछि खनालले भने,‘जुन घटनाक्रमहरु भरहेका छन्,अहिले राष्ट्रियतामाथि नै आँच आइरहेको छ । यस्तो विषम परिस्थितिमा राष्ट्रवादी नेतालाई समर्थन गरिएको हो ।’

उनले मुलुकमा बारबरा फाउण्डेसनदेखि विदेशी साम्राज्यवादको नाङ्गो नाच भएको दावी गरेका छन् । मुलुकमा के भयो,के भइरहेको छ भन्नेबारे मिहीन ढंगबाट अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ ।