घोषणापत्रमा सार्वजनिक कार्यक्रममा १ लाखभन्दा बढी सहभागी हुने कांग्रेसको दाबी
काठमाडौं—नेपाली कांग्रेसले बुधबार जनकपुरमा आमसभा गरेर चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । उक्त कार्यक्रममा १ लाखभन्दा बढी मानिसहरूको सहभागिता रहने कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।
उनले भावी प्रधानमन्त्रीको रूपमा सभापति गगन थापालाई अघि सारेको र मधेशको स्थितिलाई नजिकबाट नियाल्नका लागि सर्लाही ४ बाट उम्मेदवार बनाएको बताए ।
‘व्यवस्था होइन, अवस्था फेर्नुपर्छ भनेर लागेका छौँ । आसन्न निर्वाचनमा उहाँ (सभापति) को भिजन, गन्तव्य र दृष्टिकोणलाई समेटेर प्रतिबद्धतापत्र तयार गरेका छौँ । भावी प्रधानमन्त्रीको रूपमा सिफारिस गरेका छौँ । मधेश प्रदेशको स्थितिलाई नजिकबाट हेरेर काम गर्न सहज होस् भनेर यहाँ बोलाएका हौँ,’ यादवले भने, ‘प्रजातन्त्रका लागि मधेशले दिएको योगदान र कांग्रेसको उर्वभर भूमिको रूपमा रहेकाले हामीले आग्रह गरेर उम्मेदवार बनाएका हौँ ।’
मधेश सभापति यादवले भावी प्रधानमन्त्रीको रूपमा डिबेट गर्न कांग्रेस तयार रहेको बताए ।