राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मतदाता थर्काउन थाले

बुधबार, ६ फाल्गुन २०८२

काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मतदाता थर्काउन थालेका छन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका जगदीश खरेलले प्रश्न गर्ने मतदातामाथि रिस पोख्दै थर्काएका छन् ।

मतदाताले टेलिभिजन अन्तर्वार्ता संचालन गर्दा खरेलले रास्वपा विदेशबाट सञ्चालित पार्टी भएको आरोप लगाएको विषयमा धारणा मागेका थिए ।

खरेलले प्रश्नगर्ने मतदातालाई ‘हनुमान’को बिल्ला भिराएर थर्काएका थिए ।

उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा चुनाव गराउने प्रमुख जिम्मेवारी भन्दै तीन महिनाअघि सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्न गएका थिए ।

उम्मेदवार मनोनयनको मितिभन्दा केही दिन अगाडिसम्म कुनै राजनीतिक दलमा आबद्धता नरहेको बताएका उनी एकाएक रास्वपामा प्रवेश गरेका हुन् ।