अस्पताल जाँदा बिमाको कार्ड राखेपछि उपचार हुने व्यवस्था गर्छौं : सभापति थापा
काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले अस्पताल गएर बिमा कार्ड राखेपछि उपचार हुने व्यवस्था मिलाउने बताएका छन् ।
कांग्रेसले सार्वजनिक गरेको ‘१० भिजन’युक्त प्रतिज्ञापत्र सार्वजनिक गर्दै नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव रहेको बताए ।
उनले निशुल्क स्वास्थ्य सेवाका लागि रिसोर्सको आवश्यकता पर्ने भन्दै त्यसका लागि सबै क्षेत्रसँग जोडिने गरी कांग्रेसले योजना बनाएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका बेला स्वास्थ्य बीमाको सुरुवात गरेका थापाले संविधानको मौलिक हकअनुरूप निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने बताए ।
“स्विच थिचेर सबै पालिकामा अस्पताल भवन उद्घाटन गरेर होइन, सेवा विस्तार गरेर निःशुल्क उपचार सम्भव गर्न सकिन्छ,” थापाले भने, “स्वास्थ्य सेवा भनेको भवन होइन अस्पताल भवनले सेवा दिने होइन। सेवा सञ्चालनको रणनीति र स्रोतको प्रबन्ध गरिनुपर्छ।”
उनले त्यस्तो योजना कांग्रेसले प्रतिज्ञापत्रमार्फत ल्याएको बताए ।