स्टडी इनको विश्वव्यापी शैक्षिक मेला सम्पन्न, ७ सय १३ जना विद्यार्थीको सहभागीता
एसआई युकेका नामले परिचित स्टडी इनको विश्वव्यापी शैक्षिक मेला २०२६ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न मेलामा ७ सय १३ जना विद्यार्थीले सहभागीता जनाएका छन् । शैक्षिक मेलामा बेलायत, अष्ट्रेलिया, युरोप, न्यूजील्याण्ड लगायत देशका चर्चित ४०ं बढी विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
मेलामा सहभागी विद्यार्थीले सतप्रतिशत छात्रबृत्तिको अवसर पाएका थिए भने ६ महिनासम्मको निशुल्क आवास सुविधासमेत प्राप्त गरेका थिए । विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।
मेलामा सहभागी विद्यार्थीले निशुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौकासमेत पाएका थिए । विदेशमा गएर स्नातक, स्नातकोत्तर, टप–अप, र अनुसन्धान कार्यक्रमहरू (एमआरई, एमफिल, पीएचडी) अध्ययन गर्ने योजनासहित विद्यार्थीको सहभागीताले स्टडि इन उत्साहित भएको छ । विद्यार्थीहरूले अनुभवी परामर्शदाताबाट शैक्षिक परामर्श, विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, विशेष छात्रवृत्ति र विशेष प्रस्तावहरूमा पहुँच, निःशुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौका पाएकाले आफूूहरु उत्साहित भएको स्टडी इनका कन्ट्री म्यानेजर नन्दन सिंहले बताएका छन् । उनले आजको मेलाबाट विद्यार्थीले विश्वविद्यालय छान्ने अवसर पाएको बताए ।
मेलामा सहभागी विद्यार्थीले पाठ्यक्रम छनोट र आवेदनदेखि भिसा मार्गदर्शनसम्म प्रदान गरी अन्तर्राष्ट्रिय शिक्षामा अवरोधहरू हटाउने अवसर पाएका थिए । मेलामा सहभागी धेरै विद्यार्थीलाई विश्वविद्यालयमा भर्नासमेत गरिएको थियो । मेलामा पोटेन्सियल विद्यार्थी पाएको विश्वविलयका प्रतिनिधिसमेत उत्साहित भएका थिए ।
