संसद् विघटनविरुद्धको मुद्धामा चुनावको भोलीपल्ट सुनुवाई हुने

शुक्रबार, ८ फाल्गुन २०८२

काठमाडौं—संसद् विघटनविरुद्धको मुद्धामा चुनावको भोलीपल्ट सुनुवाई हुने भएको छ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वमा सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै एमाले, कांग्रेस र विभिन्न कानुन व्यवसायीका तर्फबाट १४ थान रिट दायर भएका थिए ।

सर्वोच्चले उक्त रिटहरुको तारिख फागुन २२ गतेका लागि तोकेको छ । फागुन २१ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।

सर्वोच्च प्रशासनबाट आफूहरूलाई फागुन २२ गतेलाई साधारण तारेखको जानकारी आएको अधिवक्ता कृतिनाथ शर्मा पौडेलले बताए ।

फैसलाको लागि आवश्यक प्रमाण नपुगेमा साधारण तारेखमा बोलाउने कानूनी अभ्यास छ ।