एमालेको झण्डा जलाउने आफ्ना कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारवाही गर्ने
काठमाडौं—एमालेको झण्डा जलाउने आफ्ना कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारवाही गर्ने भएको छ ।
शुक्रवार दाङको घोराहीमा आयोजित चुनावीसभालाई संबोधन गर्दै सभापति रवि लामिछानेले पार्टी नीति विपरित गतिविधि गर्नेलाई कारवाही गर्ने बताए ।
आफ्नो पार्टीको अरु कोही पार्टीको झण्डा जलाउने नीति नभएको बताउँदै उनले घुसपैठ गरेर अरु कसैले रास्वपालाई फसाउन खोजेको भए त्यो सपना नदेख्न पनि चेतावनीसमेत दिएका छन् ।