यसकारण कहिले चुनाव हार्दैन राजेन्द्र महर्जन

शनिबार, ९ फाल्गुन २०८२

काठमाडौं  – कीर्तिपुर नगरपालिकामा वडा नं ५ का वडा अध्यक्ष राजेन्द्र महर्जन मञ्चहरुमा खासै बोल्दैनन् । नेपाली कांग्रेसबाट निर्वाचित उनी माइक दियो भने ५ मिनेटको मन्तब्यलाई १ मिनेटमै टुंग्याइदिन्छन् । उनी खासै भाषण दिन रुचाउँदैन तर उनको समाजसेवा भने दिनरात बोलिरहेको हुन्छ ।

दिनदुखीको सेवामा खटिरहने उनको स्वभावले गर्दा कीर्तिपुर नगरपालिकामा लोकप्रिय छन् । कोरोनाको समयमा उनको समाजसेवाको कामलाई अहिलेका रास्वपाका सभापति रवि लामिछानले ‘सिधा कुरा जनतासँग’मा उच्चै स्वरले बर्णन गरेका थिए ।

उनको उदार मनले गर्दा उनी कीर्तिपुरको स्थानीय चुनावको वडा अध्यक्षमा दुईपटक लगातार विजयी भैसकेका छन् । जित्नका लागि भाषण नै गर्न जान्नुपर्छ, बोली बिक्नुपर्छ भन्ने कुरालाई वडा अध्यक्ष महर्जनले ब्यक्तित्वले ठाडै अस्वीकार गर्छ ।

अचेलका मतदाता बोली भन्दा कामलाई रुचाउँछन् भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा वडा अध्यक्ष महर्जनलाई लिन सकिन्छ ।