टिकट वितरणलाई लिएर जान थालेको रास्वपाको पहिरो अझै रोकिएन
काठमाडौं—टिकट वितरणलाई लिएर जान थालेको रास्वपाको पहिरो अझै रोकिएको छैन ।
पार्टीका थुप्रै केन्द्रीय सदस्य, प्रदेश संयोजकसहित हजारौं कार्यकर्ताले पार्टी छोडिसकेका अवस्थामा बारा र नुवाकोट जिल्लाका नेताहरुले पनि बिद्रोह गरेका छन् ।
टिकट वितरणमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै संगठन विभाग प्रमुख पवन चौधरी, कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादव तथा देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँले पार्टीबाट राजिनामा दिएका छन् ।
नुवाकोटको मेरुदण्ड मानिने अशोककुमार थापा र कमला रावल पाण्डेले पनि राजीनामा दिएका छन् ।