पोखराका सहकारी पीडितले स्कुलको बिल रवि लामिछानेलाई पठाए
काठमाडौं—पोखराका सहकारी पीडितले स्कुलको बिल रवि लामिछानेलाई पठाएका छन् । रविले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखराका कृष्णप्रसाद जैसीले रास्वपा उम्मेदवारमार्फत रविलाई स्कुलको बिल पठाएका हुन् ।
उम्मेदवारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता जैसीले कास्की ३ की रास्वपा उम्मेदवार बिना गुरुङमार्फत बिल पठाएका हुन् । आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको भन्दै उनले गुरुङमार्फत रविलाई विद्यालयको ८० हजार रुपैयाँको बिल पठाएका हुन् ।