राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताद्धारा निर्वाचन बहिस्कार
काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले निर्वाचन बहिस्कार गरेका छन् । नुवाकोटको विदुर नगरपालिका वडानम्बर ४ का वडा सभापति सुमनमान डंगोलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिस्कार गरेका हुन् ।
डंगोलले क्षेत्रीय शक्ति सन्तुलन, आर्थिक तथा कूटनीतिक दबाब र रणनीतिक प्रतिस्पर्धाका प्रभावहरूबीच स्पष्ट बहुमत आउने सम्भावना न्यून देखिएकाले निर्वाचनमा कुनैपनि गतिविधिमा भाग नलिने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले आसन्न निर्वाचनमा आफू कुनै पनि रूपमा सहभागी नहुने निर्णय गरेको बताए । वर्तमान राष्ट्रिय राजनीतिक अवस्था मात्र नभई बदलिँदो अन्तर्राष्ट्रिय र भूराजनीतिक परिवेशलाई समेत गम्भीर रूपमा मूल्याङ्कन गर्दा देश संवेदनशील चरणमा रहेको उनको भनाइ छ ।