डलर अर्बपती विनोद चौधरीलाई उखु किसानले घेरे

सोमबार, ११ फाल्गुन २०८२

काठमाडौं—डलर अर्बपती विनोद चौधरीलाई उखु किसानले घेरेका छन् । नेपाली कांग्रेसको तर्फबाट नवरपरासी (पश्चिम) निर्वाचन क्षेत्र १ का उम्मेदवार चौधरीलाई नवलपरासीका उखु किसानले आफ्नो समस्याको दीर्घकालीन समाधान दिने उम्मेदवारलाई नै भोट दिने भन्दै चौधरीलाई अस्वीकार गरेका छन् । प्रतापपुर गाउँपालिकाका वडा नम्बर ५ र ६ का उखु किसानलाई चौधरीले समस्या समाधान गर्ने प्रतिबद्धता भने जनाएका छन् ।

गत वर्ष पनि न्युनतम समर्थन मूल्य समयमै तोक्न सरकारलाई दबाब दिएको थिएँ । किसानहरूको समस्या समाधानका लागि म सधैँ नै गम्भीर छु,’ चौधरीले भने । नवलपरासीका ग्रामीण क्षेत्रमा अधिकांस किसान उखु खेतीमा रहेको बताउँदै उनले किसानका समस्या समाधान गर्न किसानमैत्री नीति बनाउन सरकारलाई दबाब दिने बताए ।

सोमबार चौधरी चुनावी अभियानका क्रममा प्रतापपुर गाउँपालिकाका वडा नम्बर ५ र ६ मा घरदैलो गर्न पुगेका थिए । चौधरी मत माग्न पुग्दा उखु किसानले आफ्नो समस्याको दीर्घकालीन समाधान दिने उम्मेदवारलाई नै भोट दिने बताएका थिए ।