दुर्गा प्रसाई चुनाव अघि नै छुटे

मंगलबार, १२ फाल्गुन २०८२

काठमाडौं—चुनाव भाँड्ने चेतावनीपछि पक्राउ परेका दुर्गा प्रसाई चुनाव अघि नै छुटेका छन् । कम्तिमा २५ दिन हिरासतमा राख्ने सरकारको योजनासहित फागुन ४ गते पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गरेको हो ।

सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार प्रसाईंको पक्षमा रिट जारी गरेको हो । प्रसाईंको रिहाईसँगै चुनावी सुरक्षामा खतरा देखिएको छ ।