बागमतीका केही क्षेत्रमा रास्वपालाई कुलमानले दिन सक्छन् धक्का

मंगलबार, १२ फाल्गुन २०८२

रास्वपालाई प्रत्यक्षमा ५० सीट जित्न कोसीमा हर्क सांपाङको संस्कृति पार्टी, मद्येशमा नेपाली कांग्रेस र बागमतीमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टी बाधक बनेका छन् ।

कर्णाली र सुदुरपश्चिमबाट कुनै आशा नराखेको रास्वपालाई धेरै निर्वाचन क्षेत्र भएका प्रदेशमा नयाँ पार्टीले नै टक्कर दिदा पुराना पार्टीको दवदवा रहेका गण्डकी र लुम्बिनीको भरपर्नुपर्ने बाध्यता आइलागेको छ । रास्वपाले प्रत्यक्षमा ५० सीट र समानुपातिकमा ५० लाख मत ल्याउने लक्ष्य राखेको छ ।