प्रचण्ड चुनावी माहोलको अर्को रिपोर्टले थप उत्साहित
काठमाडौं—प्रचण्डलाई चुनावी माहोलको अर्को रिपोर्टले थप उत्साहित बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले गरेको आन्तरिक अनुसन्धानले आगामी चुनावमा ६५ देखि ७० सीट प्रत्यक्षमै जित्ने रिपोर्ट आएपछि प्रचण्ड उत्साहित भएका हुन् ।
प्रचण्डले निष्पक्ष निर्वाचन भएको खण्डमा नेकपा पहिलो दल हुने दावि गरिरहेका छन् । तर विप्लव नेतृत्वको नेकपा माओवादीले पनि देशभर उम्मेदवार उठाएकाले पूर्व माओवादीको भोट काट्ने विश्लेषण भइरहेको छ ।
उनले भने, ‘अब निष्पक्ष निर्वाचन हुने हो भन्दा हाम्रो रिजल्ट राम्रै हुने देखिन्छ। पहिलाको भन्दा राम्रो हुन्छ त हाम्रा कट्टर विरोधीले नि भन्न थाल्या छन्। अब कतिपयले त रिपोर्ट निकाल्दा खेरि होइन यिनीहरू त अप्रत्याशित रूपमा धेरै आउने भए, ६५ देखि ७० सम्म सिट त यिनले प्रत्यक्षमै जित्ने भए भन्ने पनि भन्न थालेका छन्।’
चार पार्टीबीच प्रतिस्पर्धा हुँदा पहिलो नेकपा बन्ने आधार देखिएको भन्दै दोस्रो, तेस्रो को हुन्छ भन्न नसकिने बताए।
उनले थपे, ‘अब सातआठ दिन जो बाँकी छ, हामीले कसेर राम्रोसँग काम गर्ने हो भने हामी अगाडि नै आउने सम्भावना छ।’