रास्वपाका अर्का जिल्ला सभापतिले पनि पार्टी परित्याग गरे

बिहिबार, १४ फाल्गुन २०८२

काठमाडौं—रास्वपाका अर्का जिल्ला सभापतिले पनि पार्टी परित्याग गरेका छन् । पार्टीको मुख्य नेतृत्व चुनावी टिकट किनबेचमा लागेको आरोप लगाउँदै नवलपरासीका जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरेका हुन् ।

रास्वपा छोडेका ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । टिकट वितरणमाथि प्रश्न उठाउँदै रास्वपा छाड्नेहरुको लर्को लागेको छ ।

हिजो मात्र दाङका दुई दर्जन क्षेत्रीय नेताहरुले पार्टी छाडेका थिए । त्यस्तै केही दिनअघि मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा, संस्थापक सदस्य उर्मिला भुर्तेल, डा.प्रणय राणालगायतले पनि पार्टी छाडिसकेका छन् ।