झापा ५ बाट केपी ओलीका लागि दुःखद खबर
काठमाडौं-झापा ५ बाट केपी ओलीका लागि दुःखद खबर प्राप्त भएको छ । नेपाली कम्युनिस्ट पार्टीसँग तालमेल गरी जित निकाल्ने योजनामा रहेका ओलीलाई प्रचण्डले तालमेल नहुने सन्देश पठाएपछि झट्का लागेको छ । तालमेल गर्ने हल्ला निराधार भन्दै प्रचण्डले झापा ५ का उम्मेदवार रन्जित तामाङलाई कुनै पनि हालतमा मैदान नछोड्न निर्देशन दिएका छन् । प्रचण्डको निर्देशन पछि रन्जितले ओली र बालेनलाई हराए आफूले जित निकाल्ने दावि गरेका छन् ।
साथै, प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गरेको उनले जानकारी गराए । फोनवार्ताका क्रममा तामाङले पूर्वमा सभा राख्न लागिएको र त्यसमा प्रचण्डलाई पनि सहभागीका लागि आग्रह गरेको बताए ।
‘देशभर कार्यक्रम गर्नुपर्यो । एउटा सभा पूर्वमा राख्नुपर्यो भनेर मैले भनेको छु । विशेषगरी झापामै एउटा सभा राख्नुपर्यो भनेर भनेँ,’ तामाङले थप भने, ‘मैले यहाँको चुनावी रिपोर्टिङ पनि उहाँलाई गराएँ ।’
प्रचण्डले हिजो (बुधबार) काठमाडौंमा बुद्धिजिवीहरूसँगको छलफलमा विदेशी शक्तिहरूलाई परास्त गर्नका लागि कांग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए ।
‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दाखेरी, संविधान, शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेससँग र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘यी त हाम्रा पुराना सहयात्री हुन् ।वैदेशिक दलालहरू विरुद्ध जान पनि मिल्नुपर्ने छ ।’
यही अभिव्यक्तिपछि झापा–५, दाङ–२ लगायतका क्षेत्रमा कांग्रेस–एमालेसँग मिल्न लागेको टिप्पणी भएपछि प्रचण्डले तामाङलाई फोन गरेका हुन् ।