दुई उमेदवार र एक पार्टी निर्वाचन आयोगको कारवाहीमा
काठमाडौं—निर्वाचन आयोगले दुई उमेदवार र एक पार्टीलाई कारवाही गरेको छ । आयोगले नेकपा जाजरकोट–१ का उमेदवार शक्ति बस्नेत र जनसेवा पार्टीका निकोलस भुसाललाई २५-२५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
पूर्वमन्त्री बस्नेतले निर्वाचन क्षेत्रमा पैसा बाँडेको उजुरी परेको थियो भने भुसालले जेनजी आन्दोलनको सिम्बोलिक जुत्तालाई आफ्नो चुनाव चिन्ह भन्दै प्रचार गरेका थिए । त्यस्तै, आयोगले हर्क साम्पाङको पार्टीलाई पनि २५ हजार जरिवाना तोकेको छ ।