समर्थकले तान्दा गगनलाई लाग्यो चोट

शुक्रबार, १५ फाल्गुन २०८२

काठमाडौं—नेपाली कांग्रेसका सभापति गगन थापा घाइते भएका छन् । शुक्रबार कास्कीको पोखरामा आयोजित चुनावी सभामा सहभागी भएका थापालाई समर्थकले धकेला धकेल गर्दा घाइते भएका हुन् । उनको दुई वटै हातमा चोट लागेको छ । समर्थकसँग हात मिलाउँदै अगाडि बढ्दा हातमा घाउ भएको गगन थापाले स्वीकार गरेका छन् । थापाले शुक्रबार पोखरा र बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

सभामा हात देखाउँदै उनले भने, ‘माया धेरै भयो, साथीहरुले तानेर हातभरि घाउै घाउ बनाएर बस्नुपरेको छ, अब चाहीँ आउन जान सजिलो गरिदिनुहोला ।’