कांग्रेसको सरकार बनेपछि सबैभन्दा पहिला शेरबहादुर देउवाको सम्पत्ति छानविन गर्ने गगनको घोषणा
काठमाडौं—गगन थापाले कांग्रेसको सरकार बनेपछि सबैभन्दा पहिला शेरबहादुर देउवाको सम्पत्ति छानविन गर्ने घोषणा गरेका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा सरकार बने पूर्वप्रधानमन्त्री देउवा, मन्त्री भइसकेको नेताहरुको र आफ्नो सम्पत्ति छानबिन गर्ने घोषणा गरेका हुन्। गगनले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाएर छानविन गर्ने दावि गरेका छन् ।
सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको बताए।
उनले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्षभित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासनसमेत दिए।