तनहुँका जनताले रवि लामिछानेलाई कालो झण्डा देखाए
काठमाडौं—तनहुँका जनताले रवि लामिछानेलाई कालो झण्डा देखाएका छन् । पार्टीको चुनावी सभालाई सम्बोधन गर्न दमौली पुगेका रविलाई उज्यालो नेपाल पार्टीका समर्थकले कालो झण्डा देखाएर उनको चुनावीसभा बहिष्कार गरेका हुन् ।
लामिछानेले पार्टी अध्यक्ष कुलमान घिसिङलाई धोका दिएको बताउँदै उनेपा समर्थहरुले कालो झण्डा देखाएका हुन् । रविलाई कालोझण्डा देखाउँदा प्रहरीसँग सामान्य झडपसमेत भएको थियो।