विप्लवसँगको वार्ताबारे ‘ब्रिफिङ’ गर्न सोमप्रसाद पाण्डे बालुवाटारमा, के भयो भेटघाटमा ?
काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएका अनौपचारिक कुराकानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ गर्न बालुवाटार पुगेका सांसद पाण्डेले नभेटी फर्किएका छन । पाण्डेका अनुसार प्रधानमन्त्री ओलीलाई सञ्चो नभएका कारण भेट हुन नपाएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवसँग भएको पछिल्लो छलफल बारे ‘ब्रिफिङ’ गर्न बालुवाटार पुगेका पाण्डेले बाहिर सञ्चारमाध्यममा आए जसरी वार्ता नभएको बताएका छन ।
‘बाहिर सञ्चारमाध्यममा आएजस्तो केही भएको छैन’ सांसद पाण्डेले भने,‘ तर हामी निरन्तर लागिरहेका छौं ।पाण्डले मंगलबार राजधानी बाहिर विप्लवको वार्ता टोलीका एक सदस्यसँग वार्ता गरेको समाचारहरु सार्वजनिक भएका थिए ।
‘मलाई नेकपाले वार्ताको जिम्मेवारी दिएको हो’ सांसद पाण्डेले भने,‘ म पार्टी र सरकारसँग कुराकानी नगरी र अनुमति नलिइ उहाँहरुसँग औपचारिक कुराकानी हुँदैन ।’