इरानले ५० हजार अमेरिकी सेनाको अखडामा क्षेप्यास्त्र हान्यो
काठमाडौं—इरानले ५० हजार अमेरिकी सेनाको अखडामा क्षेप्यास्त्र हानेको छ । इजरायली र अमेरिकी हमलाको जवाफमा इरानले कतारको अल उदित हवाई शिविर, बहराइनको जल सैन्य सहायता शिविर, कुबेतको आरिफजान शैन्य शिविर, यूएईको अल धाफ्रा शैन्य शिविर र इराकको एर्बिल हवाई अड्डामा मिसाइल हानेको हो ।
पाँचवटै देशहरुले मोबाइल उपकरणहरूमा अलर्ट जारी गर्दै सैन्य इलाकाभन्दा टाढा घरभित्रै बस्न अनुरोध गरेका छन् ।