अस्मिता थापाको विजयको बलियो आधार तयार

आइतबार, १७ फाल्गुन २०८२

काठमाडौं—ओखलढुङ्गामा अस्मिता थापाको पक्षमा जनलहर आएसँगै विजयको बलियो आधार तयार भएको छ । एमालेकी ३० वर्षीय युवा महिला उम्मेदवार थापाको पक्षमा अभूतपूर्व जनसमर्थन देखिएपछि पार्टी छोडेर जानेहरू पछुताउन थालेका छन् ।

एमालेको बलियो सङ्गठनात्मक आधार, युवा र सशक्त महिला उम्मेदवार र विकासे चुनावी एजेण्डाले अस्मिताको जितलाई सहज बनाएको हो । सिद्धिचरण, मोलुङ, लिखु र चम्पादेवी क्षेत्रमा एमालेमय बनेको छ ।