चुनाव भाड्न सक्रिय व्यवसायी दुर्गा प्रसाईँ चुनावभरी जेलमै थन्किने

आइतबार, १७ फाल्गुन २०८२

काठमाडौं—चुनाव भाड्न सक्रिय व्यवसायी दुर्गा प्रसाईँ चुनावभरी जेलमै थन्किने भएका छन् । आइतबार बिहान पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसंगै चुनावभरी उतै थन्किने भएका हुन् । उनीविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ गते रिहा भएका थिए।