शेर बहादुर देउवाले यसपाली भोट नहाल्ने

सोमबार, १८ फाल्गुन २०८२

जेनजी आन्दोलनले विस्थापित बनेका शेर बहादुर देउवाले यसपाली भोट नहाल्ने भएका छन् । उपचारका लागि सिंगापुर पुगेका नेपाली काँग्रेसका निवर्तमान सभापति देउवा एकसाता उतै बस्नुपर्ने भएकाले भोट नहाल्ने भएका हुन् ।

गत बुधबार उपचारका लागि गएका देउवा भोलि नेपाल फर्कने कार्यक्रम थियो । तर,चिकित्सकले यो साता फलोअपको मिति दिएकाले फर्कन नमिल्ने भएको एक काँग्रेस नेताले बताएका छन् । आउदो बिहिबार प्रतिनिधि सभा सदस्यका लागि नेपालमा मतदान हुदैछ ।

‘उहाँलाई डाक्टरले यो सप्ताहान्तमा फलोअपको मिति दिएकाले आउने सम्भावना छैन,’ स्रोत भन्छ, ‘भोलिसम्म काठमाडौं नआए उहाँ बुधबार धनगढी हुँदै डडेलधुरा जानुपर्ने हुन्थ्यो । बिहिबार मतदान भएकाले काठमाडौंबाट धनगढी हुँदै डडेलधुरा जान सम्भव छैन । त्यसमा पनि उहाँ भोलि आइपुग्ने अवस्था टरेको छ ।’

देउवा बुधवार राति सिंगापुर एअरलाइन्सको उडानमा उपचारार्थ त्यता गएका हुन् । उनीसँगै निजी सचिव भानु देउवा पनि छन् ।