रामेछाप दुर्घटनामा एक प्रहरीको मृत्यु, आठ जना घाइते

सोमबार, १८ फाल्गुन २०८२

काठमाडौं—निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी भिरबाट खस्दा एकजना प्रहरी असईको मृत्यु भएको छ । रामेछाप नगरपालिका—२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।