सरिता प्रजापतिको तिज गीत ‘तिजमा बबाल मचाउछु’ बजारमा (भिडियो सहित)

बुधबार, १ साउन २०७६

काठमाडौं – गायिका सरिता प्रजापतिको नयाँ तिज गीत बजारमा आएको छ । तिजमा बबाल मचाउछु बोलको गीत बजारमा आएको छ ।

सरिता प्रजापतिको स्वरमा बजारमा आएको गीतमा दिनेश कडेलको शब्द र अनिस श्रेष्ठको संगीत रहेको छ । दिपिका, सरु र रोमाको अभिनय गरेको गीतको सुमन जंग सेसीको निर्देशन रहेको छ ।

विगत लामो समयदेखि सांगितिक क्षेत्रमा अहोरात्र लागिरहेकी गायिका प्रजापतिको यो गीत अत्याधिक सफल हुने अनुमान गरिएको छ ।