निर्वाचनबिरुद्ध अभिव्यक्ति दिने ज्योतिष पक्राउ

मंगलबार, १९ फाल्गुन २०८२

काठमाडौँ – फागुन २१ गते चुनाव भएमा ठूलो अनिष्ट हुने भन्दै भविष्यवाणी गर्ने ज्योतिष रुद्रनाथ अधिकारी समातिएका छन् । प्रहरीले मच्छेगाउँस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको छ।

अधिकारीले पछिल्लो समय विभिन्न अन्तर्वार्तामा चन्द्रग्रहण लागेको दिन निर्वाचन गर्न नहुने र मिति सानुपर्ने बताउँदै आएका थिए ।

तोकिएको मितिमा निर्वाचन भए देशमा अनिष्ट हुने उनको भविष्यवाणी थियो । तर निर्वाचनको संघारमा भ्रम फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

अधिकारीको परिवारले अदालत जाने तयारी गरेको बताएका छन् ।