उम्मेदवारले निर्वाचन अवधिभित्र मतदातालाई भोटको लागि पैसा बाँडे एक वर्ष जेल सजाय हुने
काठमाडौं—उम्मेदवारले निर्वाचन अवधिभित्र मतदातालाई भोटको लागि पैसा बाँडे एक वर्ष जेल सजाय हुने भएको छ । मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, वा बकसको रुपमा नगद वा जिन्सी दिएको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना र १ वर्ष सम्म कैद सजाय वा दुवै सजाय हुने निर्वाचन आयोगले जनाएको छ।
यस्तै,सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन पाउनेछैनन ।
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज सोमबार मध्यरातदेखि सकिँदैछ र मौन अवधि सुरु हुने छ।