रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

मंगलबार, १९ फाल्गुन २०८२

काठमाडौं—अन्तिम समयमा आएर मधेसमा रास्वपाको एक विकेट गिरेको छ । रास्वपाबाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमल बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाणित भएपछि उनको उम्म्देवारी खारेज भएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो। धनुसा १ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।