भक्तपुरको प्रहरी वृत्त जगातीबाट लुटिएको शक्तिशाली हतियार र गोलीसहित एक जना पक्राउ

मंगलबार, १९ फाल्गुन २०८२

काठमाडौं—जेनजी आन्दोलनका क्रममा भक्तपुरको प्रहरी वृत्त जगातीबाट लुटिएको शक्तिशाली हतियार र गोलीसहित एक जना पक्राउ परेका छन् ।

गोरखा घर भई हाल सूर्यविनायक नगरपालिका–८ मा डेरा बस्दै आएका ३१ वर्षीय आर्यन सेढाईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनको कोठाबाट ए ८८९६ नम्बरको इन्सास राइफल, पाँच राउण्ड गोली, एउटा खुकुरी र दाप, एउटा बञ्चरो र पाँच वटा सिरिन्जलगायत बरामद गरिएको छ । विशेष सूचनाको आधारमा पक्राउ गरिएका उनलाई सशस्त्रले थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।