नेपाल सरकारले ६८ दिन बिदा दिने

मंगलबार, १९ फाल्गुन २०८२

काठमाडौं—नेपाल सरकारले ६८ दिन बिदा दिने भएको छ । विक्रम संवत् २०८३ सालभरि सरकारले ६८ दिन सार्वजनिक बिदा दिने भएको हो । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो। सरकारले २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि बिदा निर्धारण गरि राजपत्रमा प्रकाशित गरेको छ ।