निर्वाचनमा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै सरकारले हवाई गस्ति गर्ने
काठमाडौं—निर्वाचनमा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै सरकारले हवाई गस्ति गर्ने भएको छ । बुधबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनका दिन नेपाली सेनाको हेलिकप्टरमार्फत ७७ वटै जिल्लामा हवाई गस्ती गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले हवाई गस्ती गर्ने, हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको हो ।
बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी थिए । विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विषयमा छलफल भएको छ ।
यसअघि आजै बिहान मात्रै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जुम मिटिङमार्फत सम्पर्क गर्दै मन्त्री अर्यालले वस्तुस्थिती बुझेका थिए ।