निर्वाचनको दिन चार प्रदेशमा पानी पर्ने सम्भावना

बुधबार, २० फाल्गुन २०८२

काठमाडौं—निर्वाचनको दिन चार प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीका हिमाली र पहाडी जिल्ला, बागमती,कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । फागुन २१ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

महाशाखाले मतदान नसकिँदासम्म निरन्तर विभिन्न जिल्लाको मौसमी सूचनाको अद्यावधिक रिपोर्ट सार्वजनिक गरिरहने बताउँदै मतदातालाई अपडेटमा बस्न पनि आग्रह गरेको छ ।