जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी हुँदा रास्वपा उम्मेदवार विनिता कठायतको जमानत जफत
काठमाडौं—जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी हुँदा रास्वपा उम्मेदवार विनिता कठायतको जमानत जफत भएको छ । देशभर रास्वपा दुई तिहाई सिट नजिक पुग्दा पूर्वसांसद विनिताले ४२१ मतसहित पाँचौं स्थान हात पारेकी छन् ।
शाही १४,८१६ मतसहित विजयी हुँदा निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ११,६३५ मत ल्याएका छन् । कांग्रेसका दिप बहादुर शाही र एमालेका शान्ति लाल महतले क्रमश तेश्रो र चौथो स्थान हात पारेका छन् ।