श्रम संस्कृति पार्टीको पनि कट्यो थ्रेसहोल्ड

सोमबार, २५ फाल्गुन २०८२

काठमाडौं – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी समानुुपातिक निर्वाचनमा पनि थ्रेसहोल्ड नजिक पुुगेको छ । ८३ लाख ६हजार बढी मत गन्दा श्रम संस्कृतिले समानुपातिकमा २ लाख ८९ हजार ९ सय ९२ मत ल्याएर थ्रेसहोल्ड नजिक पुगेको हो ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ १ करोड ९ लाख मत खसेको थियो । समानुपातिक तर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । समानुपातिक तर्फ सिट पाउन कूल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने संवैधानिक व्यवस्थालाई नै थ्रेसहोल्ड भनिन्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ जना भने प्रत्यक्ष निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फको मतगण्ना करिब सकिएको छ । समानुपातिक तर्फको मत गणना यही फागुन २७ गते बिहानसम्म सक्ने निर्वाचन आयोगको लक्ष्य छ ।

समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ । निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।

दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ । आगामी चैत ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन परिणामको ताजा अपडेट लिन यहाँ क्लिक गर्नुहोस् ।