बालेनको खर्च १४ लाख १७ हजार बढी रुपैयाँ

सोमबार, २५ फाल्गुन २०८२

काठमाडौं—बालेन शाहले केपी ओलीलाई जित्न १४ लाख १७ हजार बढी रुपैयाँ खर्च गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट निर्वाचनमा होमिएका बालेनले २ लाख ९३ हजार ५०० को सवारी साधान भाडा, ३५ हजार हवाइ भाडा, २९ हजार ३९० खाना, २८ हजार ९७० खाजा र ५ लाख ८० हजार प्रचार कार्यक्रमका लागि खर्च गरेका छन् ।

निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार बालेनले सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्च गरेका छन् ।