ओखलढुंगामा हराएका प्रत्यक्षतर्फका मतपत्रहरु भेटिए
काठमाडौं—ओखलढुंगामा हराएका प्रत्यक्षतर्फका मतपत्रहरु भेटिएका छन् । मत गणनाको क्रममा प्रत्यक्षतर्फका हराएका १८८ मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका हुन् ।
ओखलढुगाका सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिएको स्वीकार गर्दै ती सबै मतपत्र बदर भएको बताएका छन् । हराएका मतपत्र भेटिएमा बदर गर्ने यसअघि नै सहमति भएको थियो ।
ओखलढुंगामा प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम भने घोषणा भइसकेको छ । नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् ।