आउँदैछन् बालेनका ३ गीत, ‘रि-मास्टर’ गरेर ल्याइने
काठमाडौं—प्रधानमन्त्री बन्नुअघि बालेन शाहका तीन गीत सार्वजनिक हुने भएका छन् । ‘पूर्व र्यापर’ भनेर चिनिएका ‘हिपहप गायक’ बालेनले यसअघि अडियो भर्सनमा ल्याएका माया छ, सबैलाई हतार छ र जय महाकाली बोलका गीतलाई रि–मास्टर गरेर आफ्नै युट्यु च्यानलमार्फत सार्वजनिक गर्ने भएका हुन् ।
माया छ, मा बालेन र त्रिशला गुरुङ, ‘सबैलाई हतार छमा बालेन र रचना दाहाल तथा जय महाकालीमा बालेनको मात्रै स्वर रहेको छ ।