इरानको शक्तिशाली आक्रमणले विश्वभर हाहाकार मच्चिने

बुधबार, २७ फाल्गुन २०८२

काठमाडौं—इरानको शक्तिशाली आक्रमणले विश्वभर हाहाकार मच्चिने भएको छ । इरानले बुधबार इजरायल र साउदी अरबको तेल क्षेत्रलाई लक्षित आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा खलबली मच्चिएको छ ।

आक्रमणको प्रभाव ऊर्जा बजारदेखि दैनिक जनजीवनसम्म देखिन थालिसकेको छ । कतिपय देशहरुमा इन्धनको राशनिङ सुरु भएको छ भने विद्यालयहरू समेत बन्द भएका छन् । यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।

मध्यपूर्वमा जारी युद्धकाबिच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ आक्रमण सुरु गरेको छ । साउदी अरबको तेल क्षेत्रसमेत लक्षित भएको बताइँदै गर्दा विश्व ऊर्जा बजारमा उत्पन्न अस्थिरता नियन्त्रण गर्न ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावसम्बन्धी खबरहरूले बजारलाई केही हदसम्म शान्त बनाउने प्रयास भइरहेको छ ।

युद्धको आर्थिक असर, विशेषगरी ऊर्जा आपूर्तिको अवस्थाबारे छलफल गर्न जी–७ देशका नेताहरू बुधबार भिडियो सम्मेलनमार्फत बैठक बस्ने तयारीमा छन् । यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले इतिहासकै ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावबारे निर्णय गर्ने सम्भावना रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।