निर्वाचनमा पराजयको जिम्मा लिने एमाले नेताको हृदयघातका कारण मृत्यु

बिहिबार, २८ फाल्गुन २०८२

काठमाडौं—निर्वाचनमा पराजयको जिम्मा लिने एमाले नेताको हृदयघातका कारण मृत्यु भएको छ । पोखरामा चलिरहेको समिक्षा बैठकलाई सम्बोधन गर्दै पराजयको जिम्मा लिएका कृष्ण थापाले बैठक स्थलमै प्राण त्यागेका हुन् ।

२०७९को निर्वाचनमा पोखरा महानगरपालिकाको मेयमा पराजित भएका थापाले यो पटक पनि टिकट पाएका थिए । तर अन्तिम समयमा उनको टिकट रश्मी आचार्यले खोसेकी थिइन् । रश्मीले चुनाव हारेपछि थापामाथि अन्तरघात गरेको आरोप लागेको थियो ।