युद्धका नाममा सर्वसाधारणको हत्या नगर्न अमेरिकालाई चीनको चेतावनी

शुक्रबार, २९ फाल्गुन २०८२

काठमाडौं—चीनले अमेरिकालाई युद्धका नाममा सर्वसाधारणको हत्या नगर्न चेतावनी दिएको छ । अमेरिकाले इजरायलसँग मिलेर सामान्य नागरिक लक्षित आक्रमण गरेको आरोप लगाउँदै चीनले नागरिकमाथि आक्रमण गरेर बहादुरी नदेखाउन चेतावनी दिएको हो ।

अमेरिकाले इरानको एक विद्यालयमा आक्रमण गर्दा १ सय ७५ जना विद्यार्थीको मृत्यु भएको थियो । चीनले मृतकका परिवारलाई राहत दिन दुई लाख अमेरिकी डलर सहयोग गरेको छ । यो सहयोग रेड क्रस सोसाइटीमार्फत इरानी रेड क्रिसेन्ट सोसाइटीले वितरण गर्नेछ ।