सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

आइतबार, १ चैत्र २०८२

काठमाडौं—राष्ट्रिय आमाको उपमा पाएकी प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै एक बदमासी गरेकी छन् । आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेर नेपोबेवी ट्रेण्ड पच्छ्याएकी हुन् ।

जेनजीहरुले गरेको नेपोबेवी विरुद्धको आन्दोलनपछि कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने कानुनी व्यवस्था रहेको छ ।