गोरखा २ का माओवादी उम्मेदवारको चुनावी खर्च ३ लाख ६६ मात्र
काठमाडौँ – गोरखा २ बाट नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट चुनाव लडेका टेक बहादुर प्रधानले आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन् । विप्लव नेतृत्वको नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका प्रधानले ३ लाख ६६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् ।
उनले सार्वजनिक गरेको विवरण मनोनयन दर्ताको दस हजार, प्रचारमा प्रयोग भएको सवारीसाधनसहित मर्मत र इन्धनमा १ लाख ८५ हजार, नमूना मतपत्र छपाइमा ७ हजार, झण्डा ब्यानर र प्रचार स्टिकर छपाईमा २१ हजार, मोबाइल रिचार्ज, प्रचार सामग्री र प्रचारप्रसारमा ५२ हजार, खाजा, खाना, खाद्यान्न, आवास पानी गरि ६४ हजार र विविधमा १७ हजार गरि १५ दिनको कुल ३ लाख ६६ हजार ५०० खर्च गरेका छन् ।
