छोराछोरीसहित आमाले भेरी नदिमा हाम फाले

सोमबार, २ चैत्र २०८२

काठमाडौं—छोराछोरीसहित आमाले भेरी नदिमा हाम फालेकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायतले ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपकसहित भेरी नदिमा हामफालेकी हुन् ।

श्रीमान् भूपेन्द्र कठायतले आइतबार बेलुका छोराछोरीसहित श्रीमती सम्पर्कविहीन भएको भन्दै प्रहरीलाई रिपोर्ट गरेका थिए । रिपोर्ट लगत्तै खोजतलासमा हिडेको प्रहरीले भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला पारेको छ ।

तीनैजनाको खोजतलासका लागि भेरी नदी तथा त्यसआसपासको क्षेत्रमा इलाका प्रहरी चौकीहरुबाट ३५ प्रहरी र स्थानीय परिचालन गरिएको छ ।