धनगढी बम विस्पोट घटनाबारे विप्लव नेकपाको आयो विज्ञप्ति, यस्तो रहेक बास्तविकता
कैलाली – धनगढीमा भएको बम बिस्फोटमा घाइते भएका एक जनाको मृत्यु भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा ५ जना घाईते भएका थिए । घटनामा घाईते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए ।
यो घटनामा विप्लव नेकपाको संग्लग्नता रहेको प्रहरीले आँकलन गरेको थियो तर उत्त पार्टीले आफ्नो संगलग्नता अस्विकार गरेको छ । नेत्र विक्रम चन्द्र विप्लव नेकपाले कैलाली बम विस्फोटको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ। सञ्चारमाध्यममा घटनामा विप्लव नेकपाको हात रहेको आशंकासहितको समाचार आएको अवस्थामा विप्लव नेकपाले यस्तो दाबी गरेको हो ।
नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे । एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’
विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए ।