कालोबजारी गर्न लुकाएर राखेको साढे ६ हजार सिलिण्डर ग्यास फेला

सोमबार, २ चैत्र २०८२

काठमाडौं—कालोबजारी गर्न लुकाएर राखेको साढे ६ हजार सिलिण्डर ग्यास फेला परेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुसन्धान गर्दा श्रीराम ग्यास उद्योगले ६ हजार पाँच सय सिलिण्डर लुकाएर राखेको भेटाएको थियो ।

ग्यास अभावले सर्वसाधारणको दैनिकी प्रभावित भइरहेका बेलामा सिलिण्डर लुकाएको पाइपछि विभागले ३ लाख रुपैयाँ जरिवाना तिराएको छ भने सम्पूर्ण ग्यास बरामद गरेको छ । बरामद भएको ग्यास नेपाल आयाल निगमले वितरण गर्ने भएको छ ।