रास्वपाले आफ्ना नवनिर्वाचित सांसदलाई शैन्य तालिम भन्दा कठोर प्रशिक्षण शिविर संचालन गर्ने
काठमाडौं—रास्वपाले आफ्ना नवनिर्वाचित सांसदलाई शैन्य तालिम भन्दा कठोर प्रशिक्षण शिविर संचालन गर्ने भएको छ । चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने अभिमुखीकरण प्रशिक्षणमा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ ।
प्रशिक्षण अवधिभर सांसदहरुले परिवारका सदस्य, अन्य व्यक्ति वा पाहुनाका लागि भेटघाट निषेध गरिएको छ फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएको छ ।
फागुन २१ को निर्वाचनबाट रास्वपाका १२५ सांसद प्रत्यक्ष निर्वाचित भएका थिए भने आइतबार ५७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ।